६ बैशाख २०८१, बिहिबार

९ विधामा उत्कृष्टलाई पुरस्कृत गरिदै पल्सर स्पोर्टस् अवार्ड वितरण 


भदौ २६, काठमाडौँ । नेपाली खेल क्षेत्रको लोकप्रिय र प्रतिष्ठित पल्सर स्पोर्टस् अवार्डको १४ औं संस्करण आज हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि प्रदान गर्दै आएको स्पोरट्स् अवार्डको यो संस्करणमा पनि विभिन्न ९ विधामा उत्कृष्ट खेलकर्मीलाई पुरस्कार दिईनेछ ।

वर्ष २०७३ भर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलकर्मीहरु मनोनयनमा परेका छन् । तिनै मनोनयनमा पर्न सफल खेलाडीमध्ये हरेक विधामा एक÷एकजना आज सर्वोत्कृष्ट घोषित हुनेछन् । यसपटक पनि वर्षको उत्कष्ट खेलाडी पुरुष, महिला र युवा, उत्कृष्ट प्रशिक्षक, लोकप्रिय खेलाडी, लाईफटाईम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, उत्कृष्ट पारा एथ्लिट र उत्कृष्ट टिमलाई पल्सर स्पोर्ट्स अवार्ड वितरण गरिनेछ ।

यसपटक फुटबलबाट सबैभन्दा धेरै ६ जना मनोनयनमा परेका छन् भने एथ्लेटिक्सबाट ४ तथा क्रिकेट र ब्याड्मिन्टनबाट ३÷३ जना मनोनयनमा परेका छन् । एथ्लेटिक्सकी कान्छीमाया कोजु र क्रिकेटका दीपेन्द्र सिंह ऐरी २÷२ वटा विधामा मनोनयनमा परेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !