८ बैशाख २०८१, शनिबार

नदाललाई युएस ओपन कप, करियरमा १६ औं ग्राण्डस्लाम


भदौ २६, न्यूयोर्क । स्पेनिस टेनिस खेलाडी रफाईल नदालले करियरको १६ औं ग्राण्डस्लाम उपाधि जितेका छन् ।

अमेरिकाको न्यूयोर्कमा नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपनको उपाधि जित्दै नदालले करियरमा ग्राण्डस्लाम उपाधि संख्या १६ पुर्‍याएका हुन् ।

उनले दक्षिण अफ्रिकी खेलाडी केभिन एण्डर्सन विरुद्धको फाइनल खेल ६–३, ६–३ र ६–४ को सोझो सेटमा जिते । नदालको यो उपाधि युएस ओपनको तेस्रो उपाधि हो भने सन् २०१३ यता एकै वर्ष दुईवटा ग्राण्ड स्लाम जितेको पहिलो अवसर हो । यो वर्ष नदालले फ्रेन्च ओपन टेनिस पनि जितेका थिए ।

यो जितसँगै नदाल टेनिसका सर्वकालिन सफल खेलाडी रोजर फेडेररको १९ ग्राण्डस्लामको कीर्तिमानभन्दा ३ उपाधिमात्रै टाढा रहेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !