६ बैशाख २०८१, बिहिबार

हैदराबाद बैंग्लोरसँग १४ रनले पराजित


ipl games

४ जेठ, काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंग्लोरले बिजयी भएको छ ।

बिहीबार रातिको खेलमा शीर्ष स्थानको सनराईजर्स हैदराबादलाई बैङलोरले १४ रन हराएको हो । टस हारेर पहिले व्याटिङ गरेको बैङलोरले निर्धारित ओभरमा छ विकेट गुमाएर २१८ रन बनाएको थियो ।

बैङलोरका लागि एभीडी भिलियर्सको ६९ र मोइन अलीको ६५ रनको योगदान गरे । कोलिन डे ग्राण्डोमले १७ बलमा ४० रन बनाए । २ सय १९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ४ रन मात्र बनाउन सक्यो ।

हैदराबादका कप्तान केन विलियम्सनले ८१ र मनिष पाण्डेले नटआउट ६२ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । यस्तै, एलेसक्स हिल्सले ३७ रन बनाए। १३ खेलवाट १२ अंक बनाएको बैंग्लोर अंक तालिकाको पाँचौ स्थानमा रहेको छ भने समान खेल खेलेको हैदरवाद १८ अंकसहित तालिकाको शीर्ष स्थानमा कायमै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !