८ बैशाख २०८१, शनिबार

नेपाली क्रिकेट टिमलाई विमानस्थलमा भव्य स्वागत


nepali criket

५ चैत, काठमाण्डौ । विश्वकप क्रिकेट छनोट प्रतियोगितावाट एक दिवसीय मान्यता पाएको नेपाली टोली ऐतिहासिक सफलताका साथ देश फर्किएको छ ।

प्र एशोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपाली टिमको स्वागत गर्न खेलकुद मन्त्री जगत विश्‍वकर्मा विमानस्थल पुगेका थिए ।

समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता निश्चित गरेको हो । सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले हारेको नेपाल आठौं स्थानमा सीमित रहयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !