६ बैशाख २०८१, बिहिबार

केन्याले नेपाललाई दियो १७८ रनको लक्ष्य


nepali player

२९ माघ काठमाण्डौ । विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले केन्याविरुद्ध १७८ रनको लक्ष्य पाएको छ । नामिबियामा भएको खेलमा पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनायो ।

केन्याका लागि इरफान करिमले ४२, एलेक्स ओबान्डाले ४१, धिरेन गोन्डारियाले २७ र नेल्सन ओडियाम्बोले नटआउट २४ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ५ मेडन राख्दे २० रन खर्चेर ५ विकेट लिएका हुन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !