७ बैशाख २०८१, शुक्रबार

यूएईविरुद्ध नेपाल ४ विकटले विजयी, कप्तान पारस खड्काको अर्धशतक


nepali player

२८ माघ, काठमाण्डौ । विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालका कप्तान पारस खड्काको अर्ध शतकको मद्दतमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ५१ रन प्रहार गरे।

नामिबियाको विन्डहोक क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपाललाई युएईले ११५ रनको लक्ष्य दिउको थियो। ओसिलो खेल मैदानका कारण ३४ ओभरमा छोट्याइएको खेलमा युएईले पूरा ओभर खेल्न सकेन। नेपालका बलरहरुसामु युएई पूरा ओभर नखेली ३१ ओभरमा नै अल आउट भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !