१३ बैशाख २०८१, बिहिबार

मेस्सी पेनाल्टीमा बार्सिलोना हार्‍यो


messi

४ माघ, काठमाण्डौ । लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न चुक्दा बार्सिलोना स्पानियोलसँग पराजित भएको छ । कोपा डेल रेको क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोना १-० ले पराजित भएको हो । ला लिगाको लिग लिडर क्याटलानको यो अगष्टपछि बार्सिलोनाको पहिलो हार हो ।

स्पानियोलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ६२ औं मिनेटमा पेनाल्टी पाएको थियो । तर, मेस्सीको प्रहार गोलरक्षक डिएगो लोपेजले असफल पारे ।
निर्धारित समयको खेल सकिन मात्र २ मिनेट बाँकी छँदा घरेलु टोलीले गोल गर्‍यो । दोस्रो लेग २५ जनवरीमा बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !