१३ बैशाख २०८१, बिहिबार

मनाङलाई हराउँदै आर्मी खप्तड गोल्डकपको फाइनलमा


sports.dhangadhi

२९ पुस, कैलाली । सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा साविकको विजेता मनाङ् मस्र्याङ्दी क्लबलाई हराएर त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा आर्मीले मनाङलाई ३-१ गोल अन्तरले स्तब्ध पार्‍यो ।

क्षेत्रीय रङ्गशालामा भएको खेलमा अग्रता मनाङले नै लिएको थियो । नवौं मिनेटमा हेमन गुरुङले अग्रता दिलाए पनि मनाङ मस्र्याङ्दीले धेरै बेरसम्म जोगाउन सकेन । २३ औं मिनेटमा आर्मीका जितमा कप्तान भरत खवासले बराबरी गोल फर्काए भने ४५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।

खेलको ८८ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीको जित सुनिश्चित गरे । नवयुग श्रेष्ठ म्यान अफ द म्याच बने । मनाङले सुरुवाती अग्रता लिए पनि खेलाडीहरुको परिश्रमका कारण उपाधि होडमा पुग्न सफल भएको आर्मीका प्रशिक्षक नविन न्यौपानेले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !