८ बैशाख २०८१, शनिबार

नेत्रहीन विश्वकप क्रिकेटमा नेपालको दोस्रो हार


bishwocup nepal

२७ पुस, काठमाण्डौ । पाँचौँ एक दिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । फैसलावादस्थित एकबल स्टेडियममा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको हो ।

खराब ब्याटिङ सुरुआतको बाबजुद नेपालका मध्यम अर्डरले पारी सम्हाल्दै लक्ष्य रक्षा गर्ने स्थितिसम्म पुर्याआएका थिए । बलरले सुरुवाती लय देखाए पनि त्यसलाई निरन्तरता दिन सकेनन्। टस हारेर नेपालले प्रस्तुत गरेको २३५ रनको लक्ष्य बंगलादेशले ३३.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्योे । महमुद रसिदले अविजित ६० रन बनाए । रसिद म्यान अफ द म्याचसमेत घोषित भए ।

रसिदले असिकर रहमानसँग छैटौँ विकेटका लागि ९१ रनको साझेदारी गर्दै बंगलादेशको जीतको आधार तय गरे । दुर्गादत्त पौडेलको बलमा बोल्ड आउट हुनुअघि रहमानले ४५ रनको महत्त्वपूर्ण योगदान दिए । बंगलादेशको २०.२ ओभरमा १२३ रनमा ५ विकेट गुमिसकेको अवस्थामा रहमान र रसिदले पारी सम्हाले। नेपालका बलरले उत्कृष्ट सुरुवात गरे पनि लयमा निरन्तरता दिन नसक्दा खेल आफ्नो हातबाट खुस्काएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !