१३ बैशाख २०८१, बिहिबार

नेपाल र युएईबीच डिसेम्बर ६ र ८ मा भिड्ने:


विश्व क्रिकेट लिग च्याम्पियनसिप: नेपाल र हङकङ भिड्दै

११, मंसिर, काठमाडौं : वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत युएई विरुद्ध डिसम्वरमा हुने अन्तिम चरणको दुई खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ।

नेपाली टोली
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, शक्ति गौचन, विनोद भण्डारी, सागर पुन, करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, ललितसिंह भण्डारी, आरिफ शेख, दिलिप नाथ

वैकल्पिक खेलाडी
जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल कुमार शाह, सिद्दान्त लोहनी

आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित सेलेक्सन कमिटिले खेलाडी छनोट गरेको हो।राष्ट्रिय टिमका लागि दोस्रो चरणमा २० खेलाडीबाट अन्तिम टोली छनोट गरिएको नेपाली टोलीका म्यानेजर तथा टेक्निकल एलानिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

डब्लसिएलअन्तर्गत हङकङ विरुद्धको खेलमा नरहेका भेट्रान स्पिनर शक्ति गौचन टोलीमा अटाएका छन् भने त्यही टिममा परेका सुशील कँडेल बाहिरिएका छन्। यस्तै दीलिप नाथ पनि अन्तिम १४ मा अटाएका छन्।२० सदस्यिय सूचीमा परेका सुशीलसँगै हसिम अन्सारी भने बाहिरिएका हुन्। कुशल भुर्तेल, जितेन्द्र कुमार मुखिया, सिद्दान्त लोहली र यू-१९ टिमका अनिल कुमार शाह वैकल्पिक खेलाडीका रुपमा छन्।

वैकल्पिकमध्ये अनिल र कुशल नेपाली टिमसँगै एक्स्ट्रा प्लेअरको रुपमा युएई जाने विज्ञप्तीमा जनाइएको छ।
नेपाली टोली पर्सी बुधबार एतिहाड एअरवेजबाट युएई जानेछ। युएई टूरमा नेपालले अमेरिका र केन्यासँग डिसेम्वर १र ३ मा प्राक्टिस म्याच समेत खेल्ने कार्यतालिका छ।

डब्लुसिएलको सातौँ चरणको खेलमा नेपाल र युएईबीच आगामी डिसेम्बर ६ र ८ मा अबुधावीको शेख जायेद रङ्गशालामा खेल हुनेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !