१२ बैशाख २०८१, बुधबार

यू-१९ एसिया कपमा नेपाल बंगलादेशसंग दुई विकेटले पराजित


ACC-u-19-ceicket

कार्तिक १६, काठमाडौँ | बिहीबारदेखि सुरु भएको एसीसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपाल आज(शनिबार) टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेश२ विकेटले पराजित भएको छ ।
मलेसियाको किन्नारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले पानी परेपछि ४२ ओभरमा घटाईएको खेल ४०.१ ओभरमा ६ विकेट गुमाउदै १६७ रन बनाएपछि पुन: पानी परेपछि बंगलादेशले डि एल मेथडमा ४० ओभरमा १८१ रनको लक्ष्य पायो । पहिले ब्याटिंग गरेको नेपालका लागि भिम शार्कीले ४४ र रोहित कुमार पौडेलले ४० रन जोडे ।
त्यस्तै आशिफ शेखले ३० रन बनाए भने अनिल कुमार साहले १९ रन जोडे । बंगलादेशको लागि नयिम हसनले ३ विकेट लिए | ४० ओभरमा १८१ रन पछ्याएको बंगलादेशले अन्तिम बल बाँकी हुँदा ८ विकेट गुमाउदै लक्ष्य भेट्टायो ।
अन्तिम ओभरमा १० रन चाहिएको अवस्थमा कमल सिंह ऐरीले पहिलो बलमा विकेट लिए, तर दोस्रो बलमा बंगलादेशले चौका हान्यो र तेस्रो बलमा एक रन लियो । त्यस्तै चौथो बलमा बंगलादेशले पुन: चौका प्रहर गरेपछि उसलाई २ बलबाट १ रन चाहियो र उसले १ रन प्रहार गर्दै नेपाललाई साँघुरिलो हार चखायो ।
बंगलादेशको लागि मोहमद नयिम शेखले ५२ र आफिफ होसेन ध्रूबोले ३३ रन जोडे | नेपालको लागि सन्दीप लामिछाने र कमल सिंह ऐरीले समान २-२ विकेट लिए । नेपालले अब दोस्रो खेल कात्तिक २६ मा भारतसँग खेल्नेछ भने तेस्रो तथा अन्तिम खेल कात्तिक २८ आयोजक राष्ट्र मलेसियासंग खेल्नेछ |


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !