७ बैशाख २०८१, शुक्रबार

मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए


morakko-football

कात्तिक २६, काठमाडौँ । मोरक्को र ट्युनिसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् । अफ्रिकी समूहको छनोटअन्तर्गत शनिबार राती भएको खेलमा आईभोरी कोष्टलाई २-० ले हराउँदै मोरक्को विश्वकपमा छनोट भएको हो ।
आईभोरी कोष्टलाई उसैको मैदानमा पराजित गर्न मोरक्कोका डिरार र बेनातियाले एक/एक गोल गरे । हारपछि आईभोरी कोष्ट भने विश्वकपमा छनोट हुन सकेन । गएराति भएको अर्को खेलमा लिबियासँग गोलरहित बराबरी खेलेको ट्युनिसिया पनि विश्वकपमा छानिएको छ ।
यो समुहका ६ खेलबाट ट्युनिसियाले १४ अंक जोड्यो भने १३ अंकसहित दोस्रो स्थानमा रहेको प्रजातान्त्रिक गणतन्त्र कंगो विश्वकप छनोट हुन सकेन । अफ्रिकी समूहबाट नाईजेरिया यसअघि नै विश्वकपका लागि छनोट भईसकेको छ । बाँकी दुई टोलीको टुंगो लाग्न बाँकी छ ।
उता विश्वकप छनोट अन्तर्गत युरोपेली प्ले अफ्को खेलमा रिपब्लिक अफ आयरल्याण्डले डेनमार्कसँग गोलरहित बराबरी खेलेको छ । डेनमार्कमा शनिबार राती भएको खेल बराबरीमा सकिएपछि अब आयरल्याण्डमा हुने खेलले विश्वकपमा छानिने एक टोलीको टुंगो लाग्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !