६ बैशाख २०८१, बिहिबार

युएई विरुद्धको विश्व क्रिकेट लिगका लागि नेपाली टोलीलाई बन्द प्रशिक्षण


football-nepal

कात्तिक २३, काठमाडौँ । युएई विरुद्ध अर्को महिना हुने आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । यसका लागि बुधबार नेपाली टोलीको प्रारम्भिक छनोट गरिएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसीका प्रतिनिधि अनिमुल इस्लामको तीन सदस्यीय छनोट समितिले २८ खेलाडीलाई प्रशिक्षणमा डाकेको हो । २८ मध्ये २६ खेलाडीको नाम सार्वजनिक गरिएको छ । म

लेसियामा आजबाट सुरु हुने एसीसी यूथ नाईन्टिन एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने २ खेलाडीलाई पनि प्रशिक्षणमा समावेश गरिनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन २ मा घटुवा भइसकेको नेपाल र युएइबीच मंसिर २० र २२ गते अबुधावीको शेख जायेद मैदानमा खेल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !