४ बैशाख २०८१, मंगलबार

एएफसी यू-१९ च्याम्पियनसिप फुटबलमा आज नेपालले ओमानसँग खेल्ने


football-nepal-team

कात्तिक २२, काठमाडौँ । एएफसी यू–१९ च्याम्पियनसिप फुटबल छनोट चरणको अन्तिम खेलमा नेपालले आज ओमानको सामना गर्दैछ । प्रतियोगिताको दोस्रो चरण पुग्ने लक्ष्यसहित कीर्गिस्तानमा गएको नेपाली युवा टोली छनोटका तीन खेलमा अंकविहीन छ ।
प्रतियोगितामा एक गोल पनि गर्न नसकेको नेपालको लागि ओमान विरुद्धको आजको खेल पनि कठिन हुनेछ । आयोजक कीर्गिस्तानसँगै बहराईन र युएईसँग पराजित नेपालले हालसम्म ७ गोल खाएको छ ।
नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार आज दिउँसो १२ बजे सुरु हुनेछ । समूह एको अन्तिम दुई खेल बाँकी रहँदा युएई ९ अंकसहित शीर्षस्थानमा छ । सबै ४ खेल खेलेका कीर्गिस्तान र बहराइनको समान अंक भए पनि गोलअन्तरमा आयोजक कीर्गिस्तान दोस्रो स्थानमा रहेको छ । ओमान ४ अंकसहित चौथो स्थानमा छ । पुछारमा रहेको नेपालले अंकको खाता खोल्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !