७ बैशाख २०८१, शुक्रबार

पचासौं राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि


karate

कार्तिक २१, काठमाडौँ | पचासौं राष्ट्रिय कराते प्रतियोगिता कात्तिक २२ गतेदेखि राजधानीमा शुरु हुने भएको छ । नेपाल कराते महासंघको आयोजनामा शुरु हुने उक्त प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको महासंघद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
यसअघि कात्तिक २३ गतेदेखि आयोजना गर्ने भनिएको उक्त प्रतियोगिता प्राविधिक कारणले एक दिन अगाडि सारिएको सो प्रतियोगिताका संयोजक दीपक श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल ९एपिएफ० गरी सात टोलीका १८४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा महिला र पुरुष तौल समूह तथा एकल टिम कातामा प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताबाट उत्कृष्ट २३ खेलाडी राष्ट्रिय टोलीका लागि छनोट गरिने आयोजकको भनाइ छ । प्रतियोगिताको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !