८ बैशाख २०८१, शनिबार

एएएफसी यू–१९ च्याम्पियनसिप : फाइनल चरणमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त


कात्तिक १७, काठमाडौँ । एएएफसी यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । किर्गीस्तानमा बिहीबार भएको खेलमा नेपाललाई बहराईनले ४–० ले हराएको हो । पहिलो खेलमा आयोजक किर्गीस्तानसँग २–० ले पराजित नेपाल दोस्रो हारपछि प्रतियोगिताको फाईनल चरणमा पुग्ने सम्भावनाबाट लगभग बाहिरिएको छ ।
समूह ‘ए’ मा रहेको नेपालले छनोटको तेस्रो खेलमा शनिबार युएईसँग खेल्नेछ । पाँच टोली सहभागी समूहको अन्तिम खेलमा नेपालले आगामी बुधबार ओमानसँग खेल्नेछ । छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ ।

त्यस्तै दोस्रो हुनेमध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा ईन्डोनेसियामा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !