खेलकुद

  • cricket

    इपिएल क्रिकेट : ललितपुरले चितवनलाई हरायो

    २३ मङ्सिर, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ । कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा ललितपुरले चितवनलाई ११ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि हिजो भएको उद्घाटन खेलमा ललितपुर विराटनगरसँग ३ विकेटले पराजित भएको थियो । […]

  • games

    आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनोट

    २२ मङ्सिर, तुलसीपुर । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ का लागि टेबलटेनिस, ह्याण्डबल र कराँते खेलको जिल्लास्तरीय खेलाडी छनोट गर्ने कार्य सम्पन्न भएको छ । जिल्ला खेलकूद विकास समिति दाङको आयोजना तथा खेल सम्बद्ध सङ्घको समन्वयमा सञ्चालित छनोट प्रतियोगिताअन्तर्गत टेबलटेनिस खेलमा महिला सिङ्गलतर्फ रोशनी अधिकारी, पवित्रा खनाल, अस्मिता बुढा, हरिकला भण्डारी र सोफिया शाही जिल्ला […]

  • Football

    मनाङ पच्छ्याउँदै थ्रीस्टार : दुई क्लब अझै जीतका लागि सङ्घर्षरत

    २१ मङ्सिर, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत छैटौँ चरणका खेल सकिँदासम्म दईवटा क्लब अझै पहिलो जितका लागि सङ्घर्षरत छन् । छ खेल खेलिसकेका मछिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी) अझै जितका लागि सङ्घर्ष गरिरहेका छन् । तर, रेलिगेशनबिनाको लिग हुनाले उनीहरूलाई केही राहत भने मिलेको छ । छैटौं चरणका खेल सकिँदासम्म […]

  • Football

    ‘ए’ डिभिजन लिग : ब्वाइज युनियन र मछिन्द्र बराबरीमा

    २० मङ्सिर, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा ब्रिगेड र मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् । खेलको ४५औँ मिनेटमा ब्रिगेडका कैलाश बस्नेतले प्रहार गरेको उत्कृष्ट हेड पोलमा लागेर फर्किएको थियो । सो […]

  • jagat bishvakarma

    सबै स्थानीय तहमा खेलग्राम निर्माण

    २० मङ्सिर, स्याङ्जा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सबै स्थानीय तहमा खेलग्राम निर्माण गरिने बताउनुभएको छ । कालिगण्डकी गाउँपालिकाद्वारा यहाँ आज आयोजित प्रथम अध्यक्ष कप प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले खेललाई अहिलेसम्म मनोरञ्जनका साधनको रुपमा मात्रै लिने गरेको पाइकाले यसलाई मनोरञ्जनका रुपमा मात्रै नभई स्वास्थ्यसँग पनि जोडेर हेर्नुपर्ने बताउनुभयो । खेलकूद मन्त्रालय अहिले खेलको […]

  • Football

    उपाधि दाबेदार आर्मीलाई फ्रेण्डसले रोक्यो

    २० मङ्सिर, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्डस क्लबले गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थि एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा फ्रेण्डसले आर्मीलाई गोलरहित बराबरीमा रोकेपछि दुवै टोलीले अङ्क बाँडे । खेलमा आर्मीको आधा दर्जनभन्दा बढी प्रहारलाई […]

  • cricket

    इपिएल क्रिकेटमा १७ विदेशी खेलाडी सहभागी

    २० मङ्सिर, काठमाडौँ । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुने क्लबका अनुसार प्रतियोगितामा भारत, इङल्याण्ड, आयरल्याण्ड, युएई, नेदरल्याण्ड्सलगायत मुलुकका गरी १७ खेलाडीले सहभागिता जनाउनेछन् । प्रत्येक टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न पाउने नियमानुसार पाँच क्लबले तीन/तीन […]

  • foodball

    ‘ए’ डिभिजन लिग : आज दुई खेल

    २० मङ्सिर, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हँुदैछन् । सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ । लिगको उपाधि दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्ड्सविरुद्व जीत निकाल्दै तालिकाको दोस्रो स्थानमा […]

  • Nepalpatra

    खेल सङ्घको विवाद समाधान गर्न समिति

    १९ मङ्सिर, काठमाडौँ । युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न राष्ट्रि«य खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ । यही मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रिस्तरीय निर्णयबाट उपाध्यक्ष तिमिल्सिना संयोजकत्वमा मन्त्रालयका प्रवक्ता अणप्रसाद न्यौपाने र राखेपको खेलकूद विकास विभाग प्रमुख कुलबहादुर थापा सदस्य […]

  • Football

    ‘ए’ डिभिजन फुटबल : आज तीन खेल हुँदै

    १९ मङ्सिर, काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । आज हुने पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच तथा च्यासल युथ क्लब र […]

  • Football-876x460

    शहीद स्मारक ‘ए’ डिजिभन लिग –एपिएफले एनआरटीलाई हरायो

    १८ मङ्सिर, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आज भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा एपिएफको यो दोस्रो जित हो । […]

  • foodball

    छैटौँ चरणका खेल आजदेखि

    १८ मङ्सिर, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि छैटौँ चरणका खेल हुँदैछन् । लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपिएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन् । आजै अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । लिगको पाँचौँ चरणको खेल सकिँदासम्म एनआरटीले […]

  • Nepalpatra

    पारा राष्ट्रिय च्याम्पियनसिप आजदेखि

    १७ मङ्सिर, काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकूदच्याम्पियनसिप आजदेखि लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा शुरु हुँदैछ । प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य–सचिव मीनकुमार शर्माले जानकारी दिनुभयो । एक महीनाको अवधिमा सम्बन्धित खेल सङ्घले प्रतियोगिता सम्पन्न गर्नुपर्नेछ । प्रतियोगितामा […]

  • baitadi

    खेलमैदान निर्माण शुरु

    १६ मङ्सिर, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा रु एक करोडमा पालिकास्तरीय खेलमैदान निर्माणकार्य शुरु गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको रु १५ लाख बजेटमा खेलमैदान निर्माणकार्य अघि बढाइएको हो । दोगडाकेदार गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकको सिमाना लवलेक (लडालेक)मा खेलमैदान निर्माणकार्य भइरहेको छ । २०० मिटर चौडाइ र ४०० […]

  • Football-876x460

    ए डिजिभन लिग– प्रहरीद्वारा एनआरटी पराजित

    १४ मङ्सिर, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको पाँचौँ चरणको पहिलो खेलमा नेपाल प्रहरी क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्रहरीले एनआरटीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हात पा¥यो । जितसँगै प्रहरी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ […]