११ बैशाख २०८१, मंगलबार

किन जातीय छुवाछुत अझै कायम छ ?


छुवाछूत
ram magr
राम मगर

सबै मानव जातिको शरीरमा त्यही रगत नै हुन्छ । शारीरिक अंग देखि लिएर बनावट पनि एउटै हुन्छ । त्यही समाजमा त्यही नेपाली भूमिमा जन्मिएका हामि सबै नेपाली हौँ । त्यही नेपाली भूमिमा रातदिन काम गर्दै त्यही परिश्रमवाट खाने हामी नेपलीहरु र यो फलानो जात त्यो तल्लो स्तरको जात भनेर हामी नेपलीहरु नै हो । त्यही छिमेकि साथीभाईको रुपमा हिडेका साथिहरुलाई पनि जातको हिसाबले भेदभाव गर्छन् । हाम्रो नेपालले जतिसुकै जातीय भेतभावको अन्त्य गर्छु भनिएतापनि अहिलेसम्म लागु भएको छैन् ।

हाम्रो देशका पार्टीका प्रतिनिधि तथा देश चलाउने नेताहरुले जतिसुकै भाषण गरेता पनि अहिले सम्म हाम्रो देशमा जातीय छुवाछुत अन्त्य हुन सकेको छैन । आखिर किन ? हामी एक समूह, समाज, समुदाय र राष्ट्रमा बसोबास गर्ने हामी नेपालीहरु र पनि जातभातको छुवाछुत गर्ने प्रचलन अन्त्य भएका छैनन् । दलितहरुले विभिन्न खालका आन्दोलनहरु धेरैचोटी गर्दा पनि नेपाल सरकारले कुनै चासो राखेको देखिदैन । आखिर किन यो भेदभाव हुन्छ । हामी बिबाहको लागि त्यही परिवारलाई बोलाएर गानावाजा बजाएर उनीहरुलाई अगाडी लगाएर बिबाह गर्ने गर्दछौं ।

त्यतिमात्र नभई दलित समुदाय राज्यको समाजिक, आर्थिक र राजनीतिक तवरले सबैखाले अवस्था, व्यवस्था र पहुँचवाट पनि बन्चित भएका छन् । साँस्कृतिक हिसाबले समेत हेपिएका, दविएका र दवाइएका वास्तविक सर्वहारा, श्रमजीवि वर्ग पनि यिनै समुदाय हुन् । अर्थात हरेक हिसाबले र विविध कारणले पछाडी परेका र पारिएका शोषित उत्पीडित समुदाय हुन् ।

नेपालको अन्तरिम संबिधान २०६३ सालको धारा ८३ बमोजिम जातीय भेदभाव तथा छुवाछुत(कसुर र सजाय) एन २०६८ बनेको छ । नेपालको अन्तरिम संबिधानको धारा १४ मा छुवाछुत बिरुद्धको हक र नेपाल १९६५ मा सबै खाले जातीय भेदभाव उन्मूलन सम्बन्धि महासन्धिको राष्ट्र भइसकेको छ । ऐनमा स्पष्ट भनिएको छ कि कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, सस्कृति, रितिरिवाज जात जाती वंश, समुदाय वा पेसाको आधारमा गरिने अपमानजनक व्यवहार साथै कुनै भोज पूजापाठ, मन्दिर, विवाह, मृत्यु जस्तो ठाउँमा जादा बन्देज गरेमा, कसैले कुनै पनि व्यक्तिलाई जात, जाति वंश वा पेसाको आधारमा सार्वजनिक सेवाको प्रयोग गर्न वा रोक लगाएमा, सो पीडकलाई ३ महिना देखि ३ वर्षसम्म कैद वा एक हजार देखि पच्चिस हजार रुपैयाँ सम्म जरिवाना वा दुनै सजायको व्यवस्था छ । तर अहिले सम्म कुनै पनि लागु गरिएको छैन । त्यसैले गर्दा अब नेपाल सरकारले सबै जातलाई सम्मान अधिकार लागु पार्नुपर्छ । जातीय भेदभावलाई अन्त्यगरी सबै जातले सबै खलका सम्मान रुपले यो समाजमा, यो धर्तिमा बाच्न पाउने नियम ल्याउनुपर्छ । त्यसैले गर्दा सबै नेपालीहरु एक हौँ । जातीय भेदभावलाई अन्त्य गरौँ  । सभ्य नागरिक बनौं  ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !