७ बैशाख २०८१, शुक्रबार

सिरहा समाजको साधारणसभा सम्पन्न,अध्यक्षमा विष्णु साह


siraha

९ वैशाख, सिरहा । सिरहा समाज सेवाको साधारणसभा सम्पन्न भएसँगै विष्णु साहको संयोजकत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

साधारणसभावाट कार्यसमितिमा निरु कार्की, सुदीप बास्कोटा, शम्भु साह उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा मदन कोइराला, सचिवमा प्रविण यादव, कोषाध्यक्षमा जितबहादुर सापकोटा, सहकोषाध्यक्षमा सुमन मिश्र चयन भएका छन् ।

अन्य सदस्यहरुमा रामनारायण सुनिल, महेश्वर महतो, हिमा दहाल, डा. अनिस झा, रन्जु दास, श्रवणकुमार साह, रामशोभित नायक, अनिल महासेठ, अशोक कुमार झा, अवधेश मण्डल, फूलकुमारी पञ्जियार, विवता दास कर्ण, सीता न्यौपाने र सुधिर सापकोटा रहेको नवनिर्वाचित अध्यक्ष साहले बताए ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सिरहाको विकास र समृद्धिका लागि आफूवाट कुनै कसर बाँकी नरहने धारणा राखे । सिरहा पर्यटकीय स्थलको सम्भावना भएको जिल्ला भएको बताउँदै उनले त्यसका लागि धेरै काम गर्न सकिने भन्दै उनले आफू प्रतिनिधिसभा सदस्यको हैसियतले त्यो काम गर्न प्रतिबद्ध रहेको बताए ।

त्यस्तै, संघीय समाजवादी फोरम नेपालका कोषाध्यक्ष एवं प्रदेश २ का अर्थमन्त्री विजय यादवले नेपालको सगरमथा चढ्ने एडमण्ड हिलारी र तेञ्जिङ् दोर्जे शेर्पाले सगरमाथाको चुचरोमा पुग्नका लागि सिरहाको बाटो प्रयोग गरेको दावी गरे ।

२०३८ सालमा सिरहा समाज गठन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !