७ बैशाख २०८१, शुक्रबार

‘फिंगरप्रिन्ट’बाटै थाहा हुन्छ, ‘कन्डम’को प्रयोग गरे/नगरेको


असोज २६ | पुरुषको ‘फिंगरप्रिन्ट’बाट कन्डमको प्रयोग गरे /नगरेको पत्ता लगाउने नयाँ प्रविधिको सफल परीक्षण पश्चात त्यसको प्रयोग गर्न मान्यता पाएको छ । ‘शेफिल्ड हल्लम विश्वबिद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको ‘मास स्पाक्ट्रोमेट्री फिंगरप्रिन्ट’मा आधारित प्रविधिबाट कुनैपनि ब्यक्तिले कन्डम प्रयोग गरे नगरेको पत्ता लगाउन सकिन्छ ।

योर्कशायर प्रहरीसँग मिलेर गरेको परीक्षण सफल भएपछि यसको प्रयोग गर्न अनुमती पाएको बीबीसीले उल्लेख गरेको छ ।
यस प्रविधिबाट कन्डमको प्रयोगसँगै कपालमा कुन ब्रान्डको जेल प्रयोग गर्ने गर्दछ, अल्कोहल तथा अन्य नशालु पदार्थको लत छ कि छैन् लगायतका तथ्यहरुसमेत थाहा पाउन सकिने अनुसन्धानकर्ताहरुले बताएका छन् । विशेषगरी अपराधमा संलग्न अभियुक्तहरुको अनुसन्धानमा यस प्रविधिको प्रयोग गरी विभिन्न तथ्यहरु पत्ता लगाउन सकिने जनाइएको छ ।

यस अनुसन्धानका प्रमुख डा.सिमोना फ्रान्सिस्का अनुसार यस प्रविधिद्वारा ३० वर्ष पुरानो ‘फिंगरप्रिन्ट’लाई परीक्षण गरी रगत तथा अन्य महत्वपूर्ण तथ्य पत्ता लगाउन सकिन्छ । डा.सिमोना फ्रान्सिस्ले यस उपायबाट पुरानो अपराधको घटनासमेत अध्ययन गर्न सकिने बताइन् । डा.फ्रान्सिस्का अनुसार यस प्रविधिबाट औंलाको रेखाहरुभित्र फसेको सूक्ष्म तत्वको पहिचान गर्न सकिनछ । यस प्रविधिमा सुरुमा ‘फिंगरप्रिन्ट’को ‘स्याम्पल स्क्यान’गरी वाष्पीकरण गरीन्छ । त्यसपछि भ्याक्यूमको भित्र रहेको विद्युतिय तथा चुम्बकीय तरंग क्षेत्रबाट तरंगित हुने औंलाको रेखामा फसेको मासुको तत्वहरुले अलग–अलग संकेत गर्ने गर्दछ । जसबाट प्रिन्टमा रहेको अणुको पहिचानबाट ती तथ्यहरु पत्ता लाग्ने गर्दछ ।

उक्त प्रविधिमा देखिने प्रोटीनको मात्राबाट उक्त ‘फिंगरप्रिन्ट’ पुरुषको हो की महिलाको हो त्यो समेत पत्ता लगाउन सकिन्छ । साथै, ‘स्पाक्ट्रोमेट्री फिंगरप्रिन्ट’ नाम दिइएको यस प्रविधिले अलग अलग लागुपदार्थ प्रयोग गरे नगरेको, पुरुषको लिंगको आकार, खाद्यपदार्थको मात्रा, र शारिरीक स्वास्थ्यको अवस्थासमेत पत्ता लगाउन सकिने छ ।  करिव एक करोड १२ लाख रुपैयाँ खर्च भएको यस कार्यक्रमको सफल परीक्षणपछि वेलायतको सबै प्रहरी दलको लागि ‘ब्लू प्रिन्ट’ तयार गर्न लागिएको वरिष्ठ विशेषज्ञ स्टीफन ब्लेले बताएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !