१२ बैशाख २०८१, बुधबार

अमेरिकी प्रविधिको युएम ३०० सिसीका बाइकहरु पोखरामा


भाद्र २९, पोखरा | अमेरिकन प्रविधिमा उप्पादित युनाइटेड मोटर्स (युएम) ब्राण्डका नयाँ मोडलका मोटरसाइकल पोखरामा भित्रिएको छ । युएम मोटरसाइकल तथा स्कुटर पोखरामा बिक्री गर्दै आइरहेको हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय अटो वल्ड नयाँबजार पोखराले बुधबार एक कार्यक्रमका बीच ३ सय सिसीका नयाँ मोटरसाइकलहरु सार्वजनिक गरेको हो ।

रेनिगेट कमाण्डो ३०० र रेनिगेट स्पोर्टस एस ३०० को बिक्री शुभारम्भ प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कालिदास पौडेल र विशेष अतिथि युवा उद्यमी मञ्च पोखराका अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । रेनिगेट कमाण्डो ३०० मा फोर स्ट्रोक, लिक्विइड कुल्ड इन्जिनका साथमा ६ गियरको स्पिड समिश्रण गरिएको छ । सिङगल सिलिण्डर र लिक्विइड कुल्ड इन्जिन, चौडा ह्याण्डल बार र हाइड्रोलिक टेलिस्कपिक फ्रन्ट, स्प्रिङ रेयर सस्पेन्सन ,‘इलेक्ट्रिक स्टार्ट साथै एयर फिल्टरमा पेपर इलेमेन्टको नविनता लगायतका विशेषता छन् । यसको मूल्य ४ लाख ९२ हजार र ४ लाख ९९ हजार पर्ने अटोवर्डका सञ्चालक मीलन थापाले बताइन ।

यसैबीच, दशैं तिहार पर्वलाई लक्षित गरी युएम स्कुटर तथा मोटरसाइकल खरिदमा विशेष छुटको व्यवस्था गरिएको बताइएको छ । ८ हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म नगद छुट र बम्पर उपहारमा सिङगापुर भ्रमणको उपहार प्रदान गरिने हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापाले बताए ।

अटोवर्डका सञ्चालक मीलन थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कालिदास पौडेल, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुवबहादुर थापा, आइएमइ ग्रुप अन्तर्गत मोटरसाइकल डिभिजन प्रमुख उज्वल जोसी लगायतले बोलेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !