४ बैशाख २०८१, मंगलबार

जान्नुहोस साबुनले लुगा यसरी सफा गर्छ


हामि दैनिक जीवनमा कपडा धुनको लागि साबुन वा सरपको प्रयोग गर्छौ ।  यहाँले बिचार गर्नु भएको छ कहिले? कपडाको मैलो साबुन वा सरपले कसरि सजिलै जान्छ ? यसको कारण साबुन वा सरपमा भएको सुक्ष्म अणुको बनावट नै हो। आउनुहोस जानौ  यसको काम गर्ने तरिका ;

micelle

साबुनको अणु सोडियम वा पोटासियम नामक तत्वले प्रांगारिक अम्ल संग बनाएको लवण हो। जव साबुन पानीमा घुलाइंछ तव साबुनको अणुको एक छेउमा  भएको सोडियम वा पोटासियम जसलाई हाइड्रोफिलिक भाग भनिन्छ, पानीको अणुतिर आकर्सित हुन्छ भने अर्को छेउ ( हाइड्रोकार्बन ) पानीको अनुवाट बिपरित दिसातार्फ़ गइ गोलाकार संरचना बनाउछ।  उक्त गोलाकार संरचनालाई माइसेल (micelle) भनिन्छ। तव उक्त माइसेल को बिचको भागमा कपडामा लागेको ग्रीज, तेल वा फोहोर स्टेन प्रबेस गर्दछ र उक्त माइसेलले कपडाको सतहबाट फोहोर निकालिदिन्छ ।  जव साबुन लगाएर मिचिसकेप छि पानीले कपडा पखालिंछ तब उक्त माइसेल सहित माइसेलको बिचमा रहेको मैलो पदार्थ पनि एकैचोटी पखालियेरा जान्छ र कपडा सफा हुन्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !