६ बैशाख २०८१, बिहिबार

फेसबुकको नयाँ ग्रुप, पेज बनाउने तरिका र ग्रुपका किसिमहरु


facebook

पेज
पेज भनेको कुनै पनि व्यक्ति संघ संस्था, कम्पनिको आफ्नो प्रोफैइल जसरि प्रायो गर्न सकिन्छ। व्यक्तिगत प्रोफाईलमा ५००० भन्दा धेरै साथि बनाउन सकिदैन भने पेजमा जति पनि लाईक बनाउन सकिन्छ, उक्त संस्था वा व्यक्तिलाई मन पराउने वा जान्न चाहाने व्यक्तिहरुले पेज लाईक गरेपछी यसमा गरिएका पोस्ट हेर्न, लाईक, कमेन्ट गर्न सक्छन् l पेज बनाउनको लागि यहाँ क्लिक गर्नु होला ।

ग्रुप
ग्रुपमा सदस्यहरु हुन्छन्, समान सोच भएका व्यक्तिहरु वा भनौ गुटअनुसारको व्यक्तिहरु जोडिनको लागि ग्रुप प्रयोग गरिन्छ ग्रुप तिन किसिमका हुन्छन् । ग्रुप बनाउनको लागि तपाइले आफ्नो प्रोफाईलको माथी दायाँ पट्टि रहेको त्रिकोण (▼) लाई क्लिक गरेपछि मेनु खुल्छ र उक्त मेनुको तल हेर्दै जानु भयो भने Create group भन्ने लिंक देख्न सक्नु हुन्छ, उक्त लिंकमा क्लिक गरेर ग्रुप बनाउन सक्नु हुन्छ।

सिक्रेट ग्रुप
यस ग्रुपमा भएका सदस्यले मात्रै यो ग्रुप देख्न सक्छन् साथै यहाँ राखिएका पोस्ट वा तपाईले यस किसिमको ग्रुपमा गरेको पोस्ट, लाईक, कमेन्ट पनि यहि ग्रुपका सदस्यले मात्रै देख्न सक्छन। सदस्य भन्दा बाहेकले खोजेर पनि यो ग्रुप भेटिदैन। नयाँ सदस्य जोड्नको पहिले रहेका सदस्यले invite गर्नु पर्ने हुन्छ।

क्लोज्ड ग्रुप
यस किसिमको ग्रुपमा जोडिन चाहेमा आफैले request गर्न सकिन्छ, वा आवद्ध सदस्यले तपाईलाई invite गरेको हुनु पर्छ। सदस्य भएपछी मात्र post गर्न र हेर्न सकिन्छ। सदस्यले गरेका post हरु केवल ग्रुपमा आवद्ध सदस्यहरुले मात्रै देख्न सक्छन्।

पब्लिक ग्रुप
यसमा कुनै पनि सदस्यले नयाँ सदस्यहरु बनाउन सक्छन् । यस किसिमको ग्रुपमा कसैले invite वा approve गर्नु पर्दैन तपाई मेम्बेर बन्न चाहानु भयो भने join मा क्लिक गरे पुग्छ। ग्रुपमा सदस्य नभएकाले पनि post गर्न र येहाँ भएका post पनि सबैले हेर्न सक्छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !