७ बैशाख २०८१, शुक्रबार

हातमा ६ वटा औंला हुनु भाग्य कि रोग ?


six finger

हातमा ६ वटा औंला हुनु भाग्य कि रोग ? सामान्यतया हामी सबैको एउटा हातमा अनि खुट्टामा ५ ओटा औंला हुन्छन् । तर कसैकसैको हात वा खुट्टामा ६ ओटा पनि औंला हुन्छन् । बुढापाकाले भन्छन्, ६ ओटा औंला हुने व्यक्ति भाग्यमानी हुन्छन् भने कोही भन्छन्, यो एउटा रोग हो । तर वास्तवमा यो कुनै भाग्य पनि होईन न कि कुनै रोग । हातमा ६ ओटा औंला हुनुलाई Polydactyly भनिन्छ ।

Poly भनेको धेरै अनि dacktylos भनेको औंला हो । यो शरीरको मांसपेशी हो। यसमा हाड हुँदैन तर कसैकसैकोमा नरम हाड पनि हुन्छ । यो सधारणतया वंशाणुगत हुन्छ भने कसैमा एक्कासी देखिन्छ । यसले कुनै समस्या उत्पन्न गर्दैन तथा मानिसको जीवनशैलीलाई केही असर पनि गर्दैन । यसको प्रयोग पनि हुदैन । यो प्राय: गरी कान्छी औँलाको छेउमा वा बुढीऔंलाको क्षेउमा हुने गर्दछ र सधैं जन्मजात नै हुन्छ ।

मेडिकल अध्ययन अनुसार साधारण भ्रुण विकसित हुने क्रममा जब हातको आकार बन्दै जान्छ, ६ देखि ७ हप्ताको समयमा औंलाहरु छुट्टिन्छन् । त्यो क्रमविकास अनियमित हुँदा एउटा औंला छुट्टिएर दुईटा बन्छन् । त्यही प्रकृयाबाट हातमा ६ ओटा औंलाहरु बन्छन् भने कसैमा त्यो भन्दा पनि बढी हुन्छन् । साथीहरुले जिस्क्याउने गर्नाले बच्चाहरुले यसलाई अलि असहज मानेको पाईन्छ । तर यसले कुनै असर नगर्ने हुनाले यत्तिकै छोड्दा पनि हुन्छ । यदि आफुलाई असहज भएमा सामान्य शल्यक्रियाबाट हटाउन सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !