११ बैशाख २०८१, मंगलबार

अन्नपूर्ण हिमशृंखलाको फेदीमा केबलकारको सम्भाव्यता अध्ययन सुरु


59fd5064b8e85

२१ पुस, पोखरा । केलबकार चलाउन अन्नपूर्ण हिमशृंखलाको फेदीमा सम्भाव्यता अध्ययन सुरु भएको छ । मादी गाउँपालिकाले वडा नम्बर १ सिक्लेसको भुकुल्चादेखि कोरीसम्मको केबलकारको सम्भाव्यता अध्ययन सुरु गरेको हो ।

गाउँपालिका प्रमुख वेदबहादुर गुरुङले पर्यावरणलाई असर नपर्ने गरी केबलकार संचालनको गालि सम्भाव्यता अध्ययन सुरु गरिएको जानकारी दिए । करिब १ हजार ५ सय ४० मिटरको उचाइमा रहेको भुकुल्चाबाट ३ हजार ८ सय मिटरको उचाइमा रहेको कोरीसम्म करिब साढे ६ किलोमिटर लामो केबलकारको सम्भाव्यता अध्ययन सुरु गरिएको छ ।

गाउँपालिकाले क्युविक इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिसँग केवलकारको सम्भाव्यता अध्ययनको लागि सम्झौता गरेको छ । कन्सल्टेन्सीले ५ लाख रुपैयाँको लागतमा ३ दिन लगाएर सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेश गर्ने प्रमुख गुरुङले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !