१३ बैशाख २०८१, बिहिबार

कस्तो रह्यो २०१७ : विज्ञान र प्रविधिको कसीमा ?


time-crystal

१. अमेरिकी वैज्ञानिकहरु मानवीय शरीरका जीन परिवर्तन गर्न सक्षम भएका छन् । डिएनए वा आरएनए जीनमा हुन्छन् जसबाट सजीव प्राणीहरुको आनुबंशिक गुणहरु एक पुस्ताबाट अर्को पुस्तामा सर्छन् ।
दूरगामी प्रभाव : जीन परिवर्तनबाट  वंशाणुगत रोगहरुको निर्मुलीकरण गर्नुका साथै ‘सुपर ह्युमन उत्पति’को नयाँ अध्याय सुरु हुन सक्छ ।

२. मानवीय शरीरका केही तन्तु तथा अङ्गहरु प्रयोगशालामा विकास गर्न वैज्ञानिकहरु सक्षम भएका छन् ।
दूरगामी प्रभाव : यसबाट बिग्रेका स्नायुको मर्मत गर्न सकिन्छ र कतिपय अंगहरु पनि कृतिम रूपमा विकास गर्न सकिन्छ ।

३. हाइड्रोजन यो ब्रह्माण्डको सबैभन्दा सरल तत्व हो । यो ग्याँस अवस्थामा पाइन्छ तर अमेरिकी हार्वर्ड विश्वविध्यालयका भौतिकशास्त्रीहरु तरल अवस्थाको हाइड्रोजनलाई धातुमा परिवर्तन गर्न सफल भएका छन् ।
दूरगामी प्रभाव : धातु अवस्थाको हाइड्रोजनमा कुनै इलेक्ट्रिकल अवरोध हुँदैन जसले गर्दा वेगवान रेल तथा रकेटको विकास अझ चुस्त हुन सक्छ ।

४. कृतिम गर्भमा पाठोको विकास गर्न पनि वैज्ञानिकहरु सफल भएका छन् ।
दूरगामी प्रभाव : गर्भावस्थामा रहेका बच्चाहरुको सम्भावित मृत्युलाई टार्न सकिनुका साथै सम्भावित रोगहरुको निर्मुलीकरण गर्न सकिन्छ ।

५. भौतिक शास्त्रीहरु पदार्थको नयाँ स्वरूप ‘टाइम क्रिस्टल’ बनाउन सफल रहेका छन् ।
दुरगामी प्रभाव : यसबाट निकै रोचक र मानवीय सम्भ्यतालाई नयाँ उचाई प्रदान गर्नेमा वैज्ञानिकहरु विश्वस्त रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !