४ बैशाख २०८१, मंगलबार

गुगलको सित्तैमा प्रयोग गर्न मिल्ने अति आवश्यक सेवा सुविधाहरु


unnamed

हामीले दैनिक गुगलका केहि सेवाहरु प्रयोग गर्दै आई रहेका छौं । हामी सबैले इन्टरनेटमा केहि खोजी गर्न गुगलको खोज सेवा (Google Search) प्रयोग गर्ने गर्छौं । गुगल सर्च इन्जिन विश्वमा सबैभन्दा बढि प्रयोग गरिने सर्च इन्जिन हो ।
सर्च इन्जिन बाहेक पनि गुगलका धेरै सेवाहरु छन् । youtube  पनि गुगलकै एउटा सेवा हो ।
साथै यदि तपाईले android फोन प्रयोग गर्नुहुन्छ भने उक्त अपरेटिंग सिस्टम पनि गुगलकै हो जसमा तपाइले जिमेलकै सहायताले प्ले स्टोरबाट आफुलाई मन लागेको apps हरु राख्न सक्नुहुन्छ ।
त्यस्तै तपाईले गुगलको इमेल सेवा जिमेल पनि प्रयोग गर्दै आउनु भएको छ भने जिमेलमा लग इन गरेपछि गुगलका सबै सेवा प्रयोग गर्न सक्नुहुन्छ अरुमा लग इन गर्नुपर्दैन ।
१) गुगल म्याप
गुगल म्याप मार्फत हरेक ठाउको नक्सा हेर्नुका साथै बाटो पत्ता लगाउन, कुनै पसल वा अफिसको लोकेसन थाहा पाउन सकिन्छ, मोबाईलमा पनि यो एप्स राखेर प्रयोग गर्न सकिन्छ ।
२) गुगल ड्राईभ
गुगल ड्राईभमा कम्प्युटर को फोल्डरमा जसरि अनलाईनमा डाटा राख्न सकिन्छ जुन हामीले आफ्नो जिमेल लग इन गरेपछि कहिँबाट पनि प्रयोग गर्न सकिन्छ र यो पनि एप्स राखेर मोबाईलमा प्रयोग गर्न सकिन्छ ।
३) गुगल कीप
गुगल कीपमा हामीले अनलाईनमा आफ्नो नोट हरु राख्न सकिन्छ, पछी सम्झिन वा जहाँबाट पनि हेर्न सकिन्छ साथै लिस्टहरु तयार परेर शेयर गर्न सकिन्छ ।
४) गुगल माई बिजनेश
गुगलमा आफ्नो बिजनेशको बारेमा सबै कुराहरु राखेर एउटा पेज तयार पार्न सकिन्छ यसले तपाईको बिजनेसलाई गुगलको म्यापदेखि अरु आवश्यक अनलाईन सुचनासंग जोड्दछ ।
५) गुगल ट्रान्सलेट
गुगल ट्रान्सलेटबाट १०० भन्दा धेरै भाषाहरु परिवर्तन गर्न सकिन्छ । यसमा गएर आफ्नो भाषाको लेख राखी अर्को भाषा छानेर ट्रांस्लेट बटन क्लिक गरेपछि तपाइको लेखलाई गुगलले उक्त भाषामा परिवर्तन गरिदिन्छ ।

यी बाहेक गुगलका अरु धेरै सेवाहरु हामी प्रयोग गर्न सक्छौ, जसको लागि एउटा जिमेल लगइनले सवै काम गर्छ । सबै जानकारीको लागि गुगलको यो लिंकमा हेर्नुहोला ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !