१३ बैशाख २०८१, बिहिबार

कसरी बिगार्छ सुर्यको किरणले हाम्रो छालालाई ?


सुर्यको किरण हाम्रो छाला
Ram-Thakuri
राम ठकुरी

सुर्यको किरण जसरी भिटामिन “डी ३” उत्पादन गर्नको लागि आवश्यक छ, त्यसरी नै लामो समय हाम्रो छालामा परेमा छालाको लागि हानिकारक पनि छ । लामो समयसम्म हाम्रो खुल्ला छालामा सुर्यको पराबैजनी किरण पर्न गएमा हाम्रो छालामा भएको मसिना रक्त नलीहरु खुम्चने, फुक्ने र छाला रातो-रातो हुन्छ ।

यो क्रम लामो समयसम्म चलिरहेमा छालाको बाहिरी तहको कोष मर्न जान्छ र छाला कालो रंगको हुन जान्छ । त्यस्तै छालामा मेलानिनको मात्रा पनि बढ्न जान्छ । सुर्यको किरणको लामो समय छाला संगको सम्पर्कले पानीको कमी हुने, थकान बढ्ने र छालामा भएको डीएनएको केहि मात्रा पूर्ण रुपमा नष्ट हुन गई छालाको क्यान्सर समेत हुने हुन्छ ।

यसबाट बच्नको लागि लामो समयसम्म छालालाई सुर्यको किरणको सम्पर्कमा राख्नु हुँदैन । चर्को घामले बाहिर निस्कदा  सनग्लास लगाउनु पर्दछ र साथै टोपी प्रयोग गर्ने छालामा सनब्लक क्रिम लगाउनु बुद्दिमानी  हुन्छ । सनब्लक क्रिमलाई पानीले पखाल्ने हुन्छ र पसिनाले पनि यसलाई पखालिदिन्छ । बिहान १० देखि दिउसोको २ बजेको वीचमा घामको प्रकाशमा बढी मात्रामा पराबैजनी बिकिरण हुन्छ ।

*रसायनशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका राम ठकुरी नेपालपत्रका सह-सम्पादक हुन् । उनका लेखहरु बैज्ञानिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु