७ बैशाख २०८१, शुक्रबार

के हो सुपरग्लु ? यसले कसरी छाला बिगार्छ ?


Ram Thakuri
राम ठकुरी

बजारका अधिकांश पसलहरुमा सुपरग्लु बेच्न राखेको हामी देख्न सक्छौ । उक्त सुपरग्लु ( super glue) हामीहरु उक्किएको जुत्ता र अन्य बस्तुहरुलाई जोड्न प्रयोग गर्दछौ ।

के हो त सुपरग्लु ?

सुपरग्लु एक प्रकारको पोलिमर (polymer)  हो । एकै प्रकारको र भिन्न-भिन्न प्रकारको अणु (molecule) हरको लगातारको बोन्डिङबाट बन्न पुगेको लामो र जटिल संरचना नै पोलिमर हो, जुन जटिल अणु निर्माणमा सहभागी हुने उस्तै-उस्तै साना-साना अणुहरुलाई मोनोमर ( monomer)  भनिन्छ । जस्तै : प्लाष्टिक, रवर, नाइलन, बेकेलाइट, डि.एन.ए. आदि पोलिमरका उदाहरण हुन जुन मोनोमर मिलेर बनेको हुन्छ । हामीले दैनिक जीवनमा प्रयोग गर्ने प्लास्टिक इथिन नामक एक प्रकारको असन्तृप्त हाइड्रोकार्बन ( unsaturated hydrocarbon) को अणुबाट बनेको पोलिमर भएकोले प्लाष्टिकलाई पोलिइथिन पनि भनिएको हो। सुपरग्लु पनि यस्तै तरिकाले मसिना-मसिना मोनोमरबाट बनेको पोलिमर हो ।

यसले कसिरी बस्तुलाइ टास्दछ त ?

सुपरग्लु पोलिमरले ठोस बस्तु विशेषगरी छालासंग स्थायी प्रकारले बोन्डिङ गर्छ । त्यसैले यसले छालालाई राम्रोसंग जोडद्छ । यदि सुपरग्लु हाम्रो छालामा पर्न गएमा यसले हाम्रो छालामा भएको प्रोटिन (protein) को अणु एमिनो एसिड (amino acid) संग स्थायी बोन्ड बनाउछ र फलस्वरूप छाला उक्किएर जान्छ ।

*रसायनशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका राम ठकुरी नेपालपत्रका सह-सम्पादक हुन् । उनका लेखहरु बैज्ञानिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !