१३ बैशाख २०८१, बिहिबार

श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न मजदुर दिवसले सहयोग गर्छ : राष्ट्रपति भण्डारी


Bidhaya Devi Bhandari बिद्यादेवी भण्डारी

१८ वैशाख, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न १२९ औं विश्व मजदुर दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीवाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘सबै नेपाली श्रमिकहरुले स्वदेश तथा विदेशमा श्रम गर्दा अनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवं सामाजिक सुरक्षा लगायतका सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने कामना गर्दछु ।’

राष्ट्रपति भण्डारीले मजदुर दिवसको अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना पनि गरेकी छिन् ।

मुलुकमा समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्त रूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने उनको अपेक्षा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !