७ बैशाख २०८१, शुक्रबार

अध्यक्ष प्रचण्डद्वारा दिए १२९ अाैं मजदुर दिवसकाे शुभकामना


प्रचण्ड

१८ वैशाख, काठमाण्डौ । माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार भएकाे बताउनु भएकाे छ ।

१२९ अाैं मजदुर दिवसकाे अवसरमा अाज शुभकामना दिँदै उहाँले भन्नुभएकाे छ, ‘देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको यस सन्दर्भमा सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य आवश्यकता बनेको छ । अग्रगामी कम्युनिष्टहरुबीचको ध्रवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिन्छ ।’

अध्यक्षले संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदुर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सक्ने विश्वास पनि व्यक्त गर्नुभयाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !