७ बैशाख २०८१, शुक्रबार

गोरखामा वाम गठबन्धनमा टिकट तानाताना


गोरखामा वाम गठबन्धनमा टिकट तानाताना

गोरखा, २६ असोज । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि गोरखा जिल्लाका वाम गठबन्धनका नेताहरुवीच आफ्नो प्रभाव यथावत राख्नको लागि टिकटमा तानाताना भएको छ ।

गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक समेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठवीच टिकटलाई लिएर ठूलै रस्साकस्सी परेको छ । तर दुईमध्ये कसले टिकट पाउँछ भन्ने कुरा अहिलेसम्म निक्यौल भएको छैन् ।

त्यस्तै गोरखा निर्वाचन क्षेत्र २ को “क” को प्रदेश सभाको प्रत्यक्षतर्फ भने ३ वटा वाम पार्टीवीच टिकटलाई लिएर तानातान नै सुरु भएको छ । तर गोरखामा एमालेले भने अहिले पी.एन. क्याम्पसका पूर्व स्ववियु सचिव त्रि.वि.का पूर्व उपसभापति प्रकाश न्यौपानेलाई ल्याउनुपर्छ भन्ने पक्षमा केहि एमाले नेताहरु लागिपरिरहेका छन् ।

यता नयाँ शक्ति नेपालले भने डा. लक्ष्मी देवकोटा उठ्ने तयारी छिन् । उनलाई जुनसुकै हालतमा पनि उठाउने तयारीमा स्वयम् पार्टीका संयोजक बाबुराम लागिपरेका छन् ।  त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि आफ्नो पकडको मान्छेलाई उठाएर आफ्नो प्रभाव जमाउने दाउमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !