१३ बैशाख २०८१, बिहिबार

गच्छादार भए कार्यबाहक प्रधानमन्त्री


असोज ४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छादारलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छन् ।

प्रधानमन्त्री शेरबाहदुर देउवा संयुक्तराष्ट्र संघको ७२औं महासभामा भाग लिन एवं मित्रराष्ट्र ओमानको औपचारिक भ्रमण गर्ने सिलसिलामा मंगलबार संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा स्थानीय विकासमन्त्री गच्छादारलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिए ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्री देउवाको सिफारिसमा उपप्रधानमन्त्री गच्छादारलाई जिम्मेवारी दिइएको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !