१२ बैशाख २०८१, बुधबार

 बिरगंज महानगरको ताजा परिणाम पनि कांग्रेसकै पक्षमा


असोज ४, काठमाडौँ | प्रदेश नम्बर २ मा रहेको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा कांग्रेसको अग्रता कायमै रहेको छ । १६०० मत गणनापछि सार्वजनिक गरिएको परिणामअनुसार मेयरमा कांग्रेस उम्मेदवारले ४४६ मत ल्याएका छन् ।

दोस्रो स्थानमा रहेको राजपाका उम्मेदवारले ३८०, तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका उम्मेदवारले २४३ मत पाएका छन् ।
यस्तै, माओवादी उम्मेदवारले १७६, फोरम लोकतान्त्रिकका उम्मेदवारले १२० तथा एमाले उम्मेदवारले ८८ मत ल्याएका छन् ।

उपमेयरमा पनि कांग्रेस उम्मेदवारकै अग्रता छ । कांग्रेस उम्मेदवारले ४६२, राजपाले ३९२, संघीय समाजवादी फोरमले २४४, माओवादीले १६३, एमालेले ९६ तथा फोरम लोकतान्त्रिकले ९३ मत पाएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !