१२ बैशाख २०८१, बुधबार

नेपाली कांग्रेस महोत्तरीले उम्मेदवारको टुंगो लगायो


भाद्र १९, काठमाडौँ | आउँदो असोज २ गते हुने स्थानीय तहको चुनावका लागि नेपाली काँग्रेसले महोत्तरीमा कायम रहेको स्थानीय तहको प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरुको टुंगो लगाएको छ।

टिकटका लागि आकांक्षीको संख्या बढी भएकाले पार्टी भित्रै धेरै रस्साकसी पश्चात नेका महोत्तरीले उम्मेदवारको अन्तिम नामावली टुंगो लगाएको नेका महोत्तरीका सभापति महेन्दकुमार रायले बताए।

पार्टीमा प्रतिवद्ध भइ लामो समयदेखि लागेका पुराना र चर्चित अनुहारलाई नै प्राथमिकतामा राखि स्थानीय तहको प्रमुख तथा उप प्रमुखको नामावली चयन गरिएको सभापति रायले बताए।

नेपाली कांग्रेस महोत्तरीले जलेश्वर नगरपालिकाको मेयरमा नेपाली काँग्रेस जलेश्वर नगरका सभापति अशोक साह र उपमेयरमा अनिता शर्मालाई उम्मेदवाररुपमा चयन गरेको हो ।

बर्दिबास नगरपालिकाको प्रमुखमा प्रल्हाद क्षेत्री र उपप्रमुखमा तारादेवी महतो, गौशाला नगरपालिकाको प्रमुखमा मनुप्रसाद अधिकारी र उपप्रमुखमा सुशीला देवी महतोलाई उम्मेदवार बनाएको छ।

त्यस्तै नेपाली काँग्रेसले मटिहानी नगरपालिकाको प्रमुखमा जयकुमार चौधरी र उपप्रमुखमा जुमैदा खातुन, मनरासिस्वा नगरपालिकाको प्रमुखमा किशोर कुमार सिंह प्रितम र उपप्रमुखमा आशादेवी सिंह, रामगोपालपुर नगरपालिकाको प्रमुखमा राजाराम यादव र उपप्रमुखमा पुष्पादेवी महतोलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै पिपरा गाउँपालिकाको अध्यक्षमा राधारमण मिश्र र उपाध्यक्षमा रामरति देवी यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुशिल झा र उपाध्यक्षमा श्यामादेवी पासवान, सोनमा गाउँपालिकाको अध्यक्षमा नवलकिशोर यादव, सम्सी गाउँपालिकाको अध्यक्षमा शेष रकिव, एकडारा गाउँपालिकाको अध्यक्षमा मनोज झा र उपाध्यक्षमा जानकी देवी महतो र औरही नगरपालिकाको प्रमुखमा सुनिल कुमार यादवलाई उम्मेदवार बनाएको सभापति यादवले बताए ।

सोनमा, सम्सी गाउँपालिकाको उपाध्यक्ष र औरही नगरपालिकाको उपप्रमुखको चयन गर्न अझै टुंगो लगाउन बाँकी नै रहेको छ। सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयको बैठकले बाँकी रहेको उम्मेवारको निर्णय गर्ने सभापति रायले बताए।  त्यस्तै बलवा, भंगहा र लोहारपट्टी नगरपालिकाको प्रमुख एवं उपप्रमुखमा विवाद देखिएकाले पार्टी केन्द्रिय कार्यालयले नै निर्णय गर्ने बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !