६ बैशाख २०८१, बिहिबार

को हुन् जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी ?


Mithila Chaudhary मिथिला चौधरी

पृष्ठभूमि र जन्म

देउवा नेतृत्वको सरकारमा नेकपा (संयुक्त)की सांसद मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् । बिजुली नपुगेको ठाउँमा सोलार पुर्यादउने चौधरीको पहिलो योजना छ ।  यस अघि उक्त पार्टीका नेता जयदेव जोशी नै यस मन्त्रालयका मन्त्री थिए । चुरे क्षेत्र दोहनले तराई मरुभूमिमा परिणत हुने खतरा बढ्दै गएको अवस्थामा वातावरण मन्त्रालय तर्फबाट चुरे संरक्षण योजना बनाएर काम गर्ने चाहना छ ।

काठमाडौंको बढ्दो प्रदूषण कसरी रोक्न सकिन्छ भन्ने बारेमा छलफल गरिरहेकी छिन । नेपाल महिला फेडरेशन सप्तरीकी अध्यक्ष चौधरीको जन्म बि.सं. २०२२ साल चैत्र ७ गते धनुषा जिल्लाको जनकपुर न.पा.–८ भएतापनि सप्तरी जिल्लाको राजविराज न.पा.–८ की स्थायी बासिन्दा हुन । उनका बाबुको नाम रामनारायणलाल दास र आमाको नाम रुकमीनी कर्ण हो । उनका श्रीमानको नाम मदनमोहन चौधरी हो ।

शिक्षा

चौधरीले मानविकी शास्त्रमा प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेकी छिन् ।

राजनीतिक यात्रा

१.     वि.सं. २०४१ देखि राजनीतिमा प्रवेश ।

२.     पारिवारिक वातावरणमै प्रजातान्त्रिक आन्दोलनको हिस्सा बनेकी ।

३.     श्रीमान् जेल पर्दा सडकको मोर्चा सम्हालेको ।

४.     २०४६ को जनआन्दोलन बेला उनलाई प्रहरीले पटक-पटक पक्राउ ।

५.     बिभिन्न आन्दोलनको सप्तरीबाट नेतृत्व गर्दै आएको ।

६.     वरिष्ठ वामपन्थी  नेता बिष्णु बहादुर मानन्धरबाट प्रभावित ।

७.     संविधान सभा २०७० को सभासद ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !