८ बैशाख २०८१, शनिबार

को हुन् सिँचाइ मन्त्री सञ्जय गौतम ?


को हुन् सिँचाइ मन्त्री सञ्जय गौतम ?

पृष्ठभूमि र जन्म

देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट बर्दिया-२ बाट प्रत्यक्ष निर्वाचित सांसद सञ्जय गौतमले  सिँचाइ मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन् । २ पटक जिल्ला पार्टी सभापति भएका गौतम पहिलोपटक सांसद भएपछि मन्त्री बन्न समेत सफल भएका छन् । जिल्लामा उनी राम्रो पकड भएका नेता हुन् ।

सञ्जय गौतमको जन्म बि.सं. २०२० साल फाल्गुन २ गते नेपालगञ्जको घरबारी टोलमा भएको हो भने हाल बर्दिया जिल्लाको गुलरिया–६ का स्थायी बासिन्दा हुन् ।  उहाँका बाबुको नाम किशोर कुमार गौतम र आमाको नाम स्व. रक्षा गौतम हो । उहाँकी  श्रीमतीको नाम सावित्री गौतम हो ।

शिक्षा

गौतमले राजनीतिशास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

राजनीतिक यात्रा

१. गौतमले २०३६–०३७ सालको आन्दोलनसँगै नेपाल विद्यार्थी संघबाट राजनीति शुरु ।

२. २०३६–०३७ सालको आन्दोलनका बेला तीन महिनासम्म भद्रगोल जेलमा विताएका ।

३. २०४९ सालमा वडाध्यक्ष भएर जिल्ला विकास समितिको उपसभापति लडेका ।

४. पार्टीको गाउँ सचिव, क्षेत्रीय सचिव, जिल्लाको सह–सचिव, सचिव हुँदै गौतम पार्टीको जिल्ला सभापति ।

५.  पार्टी विभाजनका बेला संस्थापन पक्षमा रहेर सभापति भएका गौतम एकतापछि सर्वसम्मतिले सभापति ।

६.  गौतम २०६२/०६३ को आन्दोलनका क्रममा पनि तीन महिना जेल परेका ।

७.  २०६४ संविधानसभा निर्वाचनमा उम्मेदवार ।

८.  २०७० सालमा संविधानसभा सदस्य ।

९.  बिगत लामो समयदेखि अहिले पनि बर्दिया कांग्रेस जिल्ला सभापति ।

नवनियुक्त सिँचाइमन्त्री सञ्जय गौतमले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गरिने बताउनुभएको छ । मन्त्रालयमा पदबहाली गरेपछि उनले मुलुकमा रोजगारीको अवसर बढाउन उत्पादन वृद्धि गर्नुपर्ने र त्यसका लागि सिँचाइ सुविधा अपरिहार्य भएको बताए । मन्त्री गौतमले परम्परागत रुपमा गरिँदै आएको सिँचाइ प्रणालीमा नयाँ प्रविधि जोडेर समयसापेक्ष बनाउनुपर्नेमा पनि जोड दिनुपर्ने बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !