४ बैशाख २०८१, मंगलबार

हाँसो मजाकमा उडाए पनि केपी ओलीका मुद्दा सही छन्: बाबुराम भट्टराई


Dr-Baburam-Bhattarai

धनगढी- नयाँ शक्ती नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले हाँसो मजाकमा उडाए पनि आर्थिक सम्वृद्धी र विकासका लागि प्रधानमन्त्री केपी ओलीले उठाएका मुद्दा सही भएको बताएका छन।

शुक्रवार धनगढीमा प्रदेश नं ७ स्तरिय कार्यकर्ता भेलामा बोल्दै संयोजक भट्टराईले प्रधानमन्त्री केपी ओलीले अघि सारेको विकास र सम्वृद्धीका एजेण्डा सही भएको बताए। ‘केपी ओलीले सम्वृद्धी र विकासका लागि वोल्दा मजाकमा उडाए, उनले उठाएको सम्वृद्धी र विकासको एजेण्डा सही हो’उनले भने। अव आर्थिक क्रान्ती नै आवश्यक भएको उल्लेख गर्दै विकास र सम्वृद्धीका मुद्दा अघि सार्न केपी ओली लाई सल्लाहकारहरुले राम्रो सुझाव दिएको पनि उनले चर्चा गरे।

८० बर्ष सम्मको संघर्षले राजनीतिक व्यवस्था मात्र परिवर्तन भएको उल्लेख गर्दै देशमा अवको आवश्यकता आर्थिक सम्वृद्धी र विकास नै रहेको उनको भनाई छ। ७ बर्षमा गरीवीको अन्त्य, १५ बर्षमा मध्यम स्तरको विकास र २५ बर्षमा सम्वृद्धी मुलुक बनाउने स्पष्ट मागचित्र नयाँ शक्ती पार्टीले बनाएको उनले बताए।

पुराना राजनीतिक दलवाट यो सम्भव नभएकाले सर्वै पार्टीका मान्छे अटाउने गरी नयाँ बिचारका साथ नयाँ शक्ती बनाएको उनले बताए। पुजिवाद र समाजवाद दुवै बिचार पुराना भएकाले अहिलेको आवश्यकता अनुसार बाम समाजवाद बिचार अघि सारेको बताए।

वाम समाजवाद अहिलेको भन्दा वैज्ञानिक अग्रगामी विचार भएको चर्चा गर्दै यो विचारले मात्र अहिलेको समस्या र जनचाहाना सम्बोधन गर्न सक्ने उनको भनाई थियो। नयाँ शक्तीका कार्यकर्ताले जनताका समस्यासँग जोडिनु पर्ने बताए। भारतले बनाएको वाँधका कारण मधेसका केही गाउँ डुवानमा परेको उनले बताए। ‘बाढी पहिरो र डुवानमा परेका जनताका समस्यासँग जोडिनु पर्छ’उनले भने। भेलामा सुदुरपश्चिमका ९ वटै जिल्लाका कार्यकर्ताको सहभागिता रहेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !