१२ बैशाख २०८१, बुधबार

पौडेल प्रस्ताव : अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने


ramchandra

काठमाडौं, ६ साउन– नेपाली कांंग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले जारी राजनीतिक गतिरोध अन्त्यका लागि चारवटा प्रस्ताव गरेका छन् । सभामुखसहित बसेको शीर्ष नेताको बैठकमा नेता पौडेलले प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता गराइएको अविश्वासको प्रस्ताव फिर्ता लिने त्यसपछि प्रधानमन्त्री ओलीले राजीनामा दिने प्रस्ताव गरेका हुन् ।

बैठकपछि संसद परिसरमा पत्रकारहरुसँग कुरा गर्दै पौडेलले आफ्नो प्रस्तावमा सहमति जुट्ने दाबी गरे । पौडेलले संविधान कार्यान्वयनका लागि दलहरु मिलेर जानका लागि पनि सहमति गर्नुपर्ने बताएका थिए ।

पौडेलको प्रस्तावलाई आफूहरुले पनि सकारात्मक रुपमा लिएको माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बताए । ‘हामी भोलिसम्म एउटा निष्कर्षमा पुग्छौं,’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !