७ बैशाख २०८१, शुक्रबार

मलेसियाका पूर्वप्रधानमन्त्री पुनः भ्रष्टाचार नियन्त्रण निकायमा उपस्थित


Najib

३१ जेठ, क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा बिहीबार दोस्रो पटक पनि उपस्थित हुनुभएको समाचार छ ।

उहाँलाई करिब महिनादनि मात्र अघिपनि उक्त निकायमा उपस्थित गराइएको थियो । राजधानी क्वालालम्पुरबाट प्राप्त समाचारमा उहाँलाई बिहीबार उक्त निकायले भ्रष्टाचारको विषयमा प्रश्न गरेको जनाइएको छ ।

सरकारी लगानीको एक कम्पनी एमडिबीमा लगानीको विषयमा उहाँको संलग्नताको बारेमा यसअघि नै प्रश्न उठेको थियो । सोही विषयमा उहाँमाथि प्रश्न गरिएको हो ।

उहाँमाथि उक्त कम्पनीमा लगानी गर्नुको सट्टा करिब चार करोड २० लाख मलेसियल रिङ्गीट किन आफ्नो व्यक्तिगत खातामा जम्मा गरिएको हो भन्ने बारेमा प्रश्न गरिएको छ ।

उहाँमाथि उक्त खाताको विषयलाई लिएर अनियमितताको प्रश्न उठेको छ । उहाँमाथि भ्रष्टाचारको मुद्दा लाग्नपनि सक्ने बताउँदै आइएको छ ।(रासस÷एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !