१३ बैशाख २०८१, बिहिबार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अब प्रतिष्पर्धी नभएको प्रधानमन्त्री ओलीको उद्घोष


oli

३ जेठ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मदननगर बल्खुमा भएको २५ औं मदन आश्रित स्मृति दिवसमा भएको कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अब प्रतिष्पर्धी नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसलाई पनि आफूहरुले सँगै लिएर अघि बढ्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, “आज ५० साल होइन, मदन–आश्रितको दुखद निधन भएको २५ वर्ष बितिसकेको छ । उहाँले लिएको सानो गोरेटो अब ६ लेनको बाटोमा अघि जाँदैछ । पार्टी कहिले मिल्छन् कहिले फुट्छन् मात्रै होइन । यो मिले भन्ने मात्रै विषय होइन । कसका सदस्य कति छन् मात्रै होइन । आज हामीले नेपालको भविष्य दर्ता गर्दैछौं । यो चानेचुने कुरा होइन ।”

उनले आजै नयाँ पार्टी दर्ताको तयारी भएको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !