८ बैशाख २०८१, शनिबार

मधेसको अधिकार प्राप्त भएपछि मात्र सरकारमा सहभागी हुने अध्यक्ष यादवको दावी


Upendra Yadav

८ चैत, रौतहट । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनपछि सरकारमा सहभागी हुने बताएका छन् ।

रौतहटको देवाही गोनाही नगरपालिका ७ मा महाविष्णु यज्ञ उदघाटन गर्दै नेता यादवले संविधान संशोधनले मधेसको समस्या समाधान र अधिकार प्राप्त भएपछि मात्र सरकारमा सहभागी हुने बताएका छन् ।

राजनीतिक अधिकार प्राप्त नहँुदा सरकारमा जानुको औचित्य नै नहुने बताउँदै नेता यादवले वर्तमान सरकारले मधेस र मधेसीको अधिकार सुनिश्चित गर्छ भने सरकारमा जान सकिने बताए ।

मधेसी, आदिबासी, जनजाति तथा पिछडिएका वर्गको हिमाली र पहाडीको अधिकार प्राप्त सुनिश्चित हुने आधार नहुँदासम्म सरकारमा नजाने आफूहरुको अडान रहेको नेता यादवले स्पष्ट पारेका छन् ।

नेता यादवले फोरमको अग्रसरतामा देशमा संघीयता आएको र संघीयता कार्यान्वयनमा आइसकेपछि अब समृद्धिको बाटोतर्फको यात्रा तय गर्नुपर्नेमा जोड दिए ।

स्थानीय तहले इमानदारीपूर्वक काम गरेमा समृद्धि प्राप्त हुने स्पष्ट पार्दै अधिकारको मात्र कुरा गरेर नहुने तर प्राप्त अधिकारलाई अझ बलियो बनाउँदै कर्तव्यको पालन गर्नुपर्ने समेत बताए ।-नागरिक न्युजवाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !