१३ बैशाख २०८१, बिहिबार

विदेशमा बस्ने नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश


सर्वोच्च अदालत

८ चैत, काठमाण्डौ । सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मतदान गर्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको इजलासले निर्देशनात्मक आदेश दिएको हो । मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न र त्यसका लागि आवश्यक तयारी गर्न निर्देशनात्मक आदेश दिएको अधिवक्ता अनुराग देवकोटाले जानकारी दिए ।

यद्यपि आदेशको पूर्ण पाठ आएको छैन । वैदेशिक रोजगारमा गएकाहरुको मतदानको हक सुनिश्चित गर्न माग गर्दै ‘सामाजिक न्यायका लागि कानुन नीति नियम मञ्च’ले १४ वैशाख २०७३ मै सर्वोच्चमा रिट दायर गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !