१२ बैशाख २०८१, बुधबार

जातिवादी नभई मानवतावादी भएर सोच्न डा. भट्टराईको आग्रह


baburam-bhattarai

८ चैत, चितवन । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशको समृद्धिको यात्रामा अग्रसर हुन जातिवादी नभई मानवतावादी भएर सोच्न आग्रह गरेका छन् ।

बिहीबार भरतपुरमा नयाँ शक्ति पार्टीको प्रदेश ३ को विस्तारित बैठकलाई सम्बोधन गर्दै मुलुकमा समावेशी, समानुपातिक लोकतन्त्र नै समुन्नत समाजवादको आधार भएकाले विभेद र असमानताको अन्त्य गर्न केही समयको लागि समावेशितालाई सम्बोधन गर्न क्लस्टरको अवधारणा ल्याइएको उनले बताए ।

उनले नेपालको जातीय, भाषिक, सांस्कृतिक विविधताको सम्मान गर्दै उत्पीडनको अन्त्य गर्न सबैले मानवतावादी भएर सोच्नुपर्ने आवश्यकता औंल्याए । उनले लोकतन्त्रको समृद्धिकरण गर्दै समुन्नत समाजवादमा पुग्नुपर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !