८ बैशाख २०८१, शनिबार

५ प्रदेशको प्रादेशिक योजना आयोगमा डा. श्रेष्ठ नियुक्त


Pradesh-5-sabha

६ चैत, बुटवल । ५ नम्बर प्रदेशको प्रादेशिक योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

मंगलबार बसेको बैठकले नेपाल राष्ट्र बैंकका निर्देशक श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । आयोगको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ । प्रादेशिक योजना आयोगले तत्कालै काम थाल्नेछ ।

आयोगले पहिलो चरणमा प्रदेशभित्र गर्न सकिने विकास निर्माणका संभावनाहरु पहिचान गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन प्राथमिकता दिने सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।

योजना आयोगमा एकजना महिला सहित २ जना विज्ञ सदस्यको रुपमा एक हप्ताभित्र नियुक्त हुनेछन् । मन्त्रिपरिषद वैठकले मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार शेरबहादुर केसीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । केसी नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !