११ बैशाख २०८१, मंगलबार

उपेन्द्र यादवलाई समेटेर आज सरकार गठन गर्दै ओली, यस्ता छन् एमाले-माओवादीका सम्भावित मन्त्रिहरु


kepi oli

१० फागुन, काठमाण्डौ । प्रप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले आज मन्त्रीपरिषद् विस्तार गर्ने सम्भावना बढेको छ । बुधबार नै सरकार विस्तारको तयारी गरेपनि कुरा भने मिल्न सकेको छैन ।

फागुन ३ मा प्रधानमन्त्री बनेका ओलीले मन्त्रालयको भागबन्डा, संख्या र आकांक्षीको दबाबका कारण उनलाई सकस परिरहेको छ ।

प्रधानमन्त्री ओली सकभर उपेन्द्र यादव नेतृत्वको संघीय फोरमलाई समेत सहभागी गराई दुईतिहाइको सरकार सञ्चालनको कसरतमा छन् । त्यसका लागि उनले निर्वाचन परिणाम आएदेखि नै यादवलाई प्राथमिकता दिइरहेका छन् ।

माओवादी केन्द्रवाट मन्त्रिका लागी आकाक्षि नेताहरु रामबहादुर थापा, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, देव गुरुङ, हितबहादुर तामाङ, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, शक्ति बस्नेत, लेखराज भट्ट, शशि श्रेष्ठ, जयपुरी घर्ती, सुरेश राई, राम कार्कीको सम्भावना छ ।

एमालेवाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, भीम रावल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल, गोकुल बाँस्कोटा प्रेम आले, रघुवीर महासेठ, लीलानाथ श्रेष्ठको मन्त्री बन्ने धेरै सम्भावना छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !