१३ बैशाख २०८१, बिहिबार

पार्टी एकता र मन्त्रिमण्डल विस्तारबारे अाेली र प्रचण्डवीच वार्ता


uml_maoist

१० फागुन, काठमाण्डौ । मन्त्रिमण्डल विस्तार तथा पार्टी एकता प्रक्रियाबारेमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच छलफल भइरहेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

यही फागुन ३ गते नयाँ सरकार गठन भएपनि हाल मन्त्रिमण्डलमा प्रधानमन्त्रीबाहेक एमालेका दुई सदस्य मात्र छन् । माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाले मूर्तरुप लिएपछि आफू सरकारमा जाने भेनपछि यही फागुन ७ गते एकताको सातबुँदे प्रारम्भिक आधारमा सहमति भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !