१३ बैशाख २०८१, बिहिबार

भाषा संस्कृति संरक्षण गर्नु सबैको दायित्व : पुर्वमन्त्री झा


anil kumar jha

१० फागुन, तहट । विश्व मातृभाषा दिवशको अवसरमा आयोजित बज्जिका भाषा विकास समारोह २०७४ भव्यताका साथ रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ ।

रौतहटमा सक्रियरुपमा संचालनमा रहेको ग्रामिण शिक्षा विकास नेपाल रौतहटले विगत ३ वर्ष देखि आयोजना गरेको समारोहको सफलताका लागि सहभागि सबै अतिथिहरुले शुभकामना व्यक्त गरेका छन् ।

समारोहको मुख्य अतिथि रहनु भएका पुर्वमन्त्री एवम रौतहट क्षेत्र नं. १ का सांसद अनिल कुमार झाले देशमा भाषा, संस्कृतिको लडाई चलि रहेको बेला यस संस्थाले भाषा संरक्षणको लागि कार्यक्रमको आयोजना गर्नु सराहनिय एवम प्रशंसनी कार्य भएकाले संस्थालाई धन्यवाद व्यक्त गरेका छन् ।

पूर्वमन्त्री झाले बज्जिका भाषा विकासमा आफु सदैव तयार रहने तथा सरकारी स्तरमा पनि भाषा, संस्कृतिको संरक्षण एवम सम्बद्र्धनको लागि पहल गर्ने प्रतिव्द्धता समेत व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !