१३ बैशाख २०८१, बिहिबार

सरकार विस्तारबारे निर्णय गर्न ओली र प्रचण्डवीच वार्ता सुरु


prachanda_kp_oli

९ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच वार्ता सुरु भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

बैठकमा सरकार विस्तारको विषयमा छलफल भइरहेको छ । माओवादीले बुधबार नै सरकारमा जाने निर्णय गरेपछि मन्त्रालयको बाँडफाँडलगायत विषयमा ओली र प्रचण्डवीच छलफल भइरहेको हो ।

माओवादी केन्द्र सरकारमा कसको नेतृत्वमा पठाउने भन्ने हालसम्म निर्णय गरिसकेको छैन । बुधबारसम्ममा निर्णय भइसक्ने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !