१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपतिद्वारा पूर्वमन्त्री खरेल महान्यायाधिवक्तामा नियुक्त


अग्रि खरेल

८ फागुन, काठमाण्डौ । पूर्व कानुनमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य अग्नि खरेल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । खरेललाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले खरेललाई महान्यायाधीवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !